भाद्र ३०, डेस्क। एकजना युवक डडेल्धुरामा मृत फेला परेका छन् ।
मृत फेलापर्नेमा जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँ महाकाली नदी किनारको छेउ पुर्तौली भिर नजिक अन्दाजी २४ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
डडेल्धुरा प्रहरीका अनुसार मृतकको पहिचान भएको छैन । यस घटनाबारे थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।






