भाद्र २८, डेस्क। बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने एक जना घाइतेको अवस्था गम्भीर रहेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा उक्त दुर्घटना भएको थियो। नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान पनि खुलेको छैन ।

एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ । उक्त गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।






