भाद्र २७, डेस्क। आज प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार छलफल भएको छ।
बालुवाटारमा उनीहरूबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
संवैधानिक परिषद्को बैठक शुक्रबार (भोलि) बस्दैछ।






