भाद्र २६, डेस्क। अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ ।
अर्घाखाँची प्रहरीका अनुसार सिरगंगा गाउँपालिका–१२ मा लु.१ ज ४७६३ नम्बरको डबल क्याप बोलेराे दुर्घटना भएको हो। दुर्घटना परेर घाइते भएका १ जनाको अवस्था गम्भीर छ । अन्य घाइतेहरूको अवस्था मध्यम रहेको छ।उक्त जिपमा १० जना सवार थिए ।
छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रवक्तासमेत रहेको प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको इन्सपेक्टर कार्कीले बताए। साथै घटना बारे थप अनुसन्धान भइरहेको छ।






