भाद्र २६, डेस्क। आज (बुधबार) फेरी नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा एक हजार रूपैयाँले बढेर तोलामै डेढ लाख भन्दा बढी पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार)का लागि सुनको भाउ एक लाख ५३ हजार चार सय रूपैयाँ तोकेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।






