धनुषा: परीक्षा दिई घर फर्कीरहेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

|

भाद्र २५, धनुषा। धनुषामा मोटरसाइकलले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्षिरेश्वरनाथ नगरपालिका-७ महादेवमण्ठ टोल बस्ने रिता यादवकी ७ वर्षीया छोरी रचना यादव रहेका छन् ।

आज बिहान दुर्गातुल्सी राष्ट्रिय आधारभूत विद्यालयबाट परीक्षा दिई घर फर्कीरहेकी बालिकालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै ठक्कर दिने मोटरसाइकलसहित चालक फरार भएका छन्।

मोटरसाइकल चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले बताएका छन् । बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित