वीरगन्जका तीनवटा गोदाममा छापा मार्दा २० लाख बराबरको अवैध सामग्री बरामद

|

भाद्र २३,डेस्क। सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट करीब २० लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ।

वीरगंज महानगरपालिका–१६ स्थित नगवा ईलाकाबाट भाद्र २२ गते ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरिएको छ।

भारतबाट अबैध रुपले ल्याई सो ठाउँको खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको ३ लाख ६ हजार ६ सय ३० रुपैयाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरु र सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको ४ लाख ७३ हजार ८ सय रुपैयाँको काजु, खजुर, बदाम, विस्कुट, अजिर र किसमिसका सामान प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापामारी बरामद गरेको हो।

यसैगरी सोही महानगरपालिका–८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा अबैध रुपमा भण्डारण गरी राखिएको २ लाख ७० हजार १ सय ७० रुपैयाँको आलु र प्याज समेत बरामद भएको छ।

यसैगरी भाद्र २३ गते सोही महानगरपालिका–१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिइएको छ । ना २ ह ५९६ नम्बरको टेम्पोमा लोड गरिएको सो सामानसहित बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–२ बैरैनिया बस्ने २५ बर्षिय बिनोद कुश्वाहालाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित