भाद्र १७, डेस्क। महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा सर्वदलिय समितिले तालाबन्दी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार मिश्रले छलफलका लागि समय तोकेर पनि उपस्थित नहुँदा समयको अवहेलना गरेको भन्दै तालाबन्दी गरिएको जनमत पार्टी पिपरा गाउँपालिकाका अध्यक्ष रूपेश मण्डलले बताए । पिपरा गाँउपालिकामा शिक्षा,स्वास्थ्य,कृषि लगायतका क्षेत्रहरुमा भईरहेको कामलाई सर्वदलिय समितिले अनुगमन गरेको थियो ।
उक्त अनुगमन बाट आएको गुनासो र कमीकमजोरीका विषयमा महिनो देखी प्रमुख प्रशासकीय अधिकृतसँग छलफलका लागि समय तोकिए पनि प्रमुख सन्तोष कुमार मिश्रले पटक(पटक समयको अवहेलना गरेकोले तालाबन्दी गर्न बाध्य भएको उनले बताएका छन्।





