भाद्र १७, डेस्क। पाल्पाको रामपुर नगरपालिकामा सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका-१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगर रहेका छन् ।
आज बिहान करिब ९ बजे रामपुर-१०, बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएका छन्।
घाइते मगरको उपचारका लागि रामपुर अस्पताल पठाएको थियो। उपचारका लागि अस्पताल लागिएको मगरलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएका छन् ।





