भाद्र १७, डेस्क। आज सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
हिजो आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेकोजानकारी दिएका छन्।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।






