दमौलीतर्फ आउँदै गरेको जिप दुर्घटना, ६ जना घाइते

|

भाद्र १६, डेस्क। आज बिहान भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको जिप दुर्घटनामा ६ जना घाइते भएका छन् ।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप ऋषिङ गाउँपालिका–१ झापुटारमा सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । साथै घटनाबारे थप अनुसन्धान भईरहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित