भाद्र १६, डेस्क। आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ लगातार दुई दिन देखि घटीरहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।
सुनसँगै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँमा झरेको छ ।






