भाद्र १४, डेस्क । आज साताको अन्तिम दिन (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
हिजो बिहीबार प्रतितोला एक सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला एक हजार आठ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।






