अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या

|

भाद्र १२, डेस्क। अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा रहेको एक कलेजमा अध्ययनरत नेपाली छात्राको अपार्टमेन्टमै गोली प्रहार भएको बताइएको छ ।

गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो। न्यूयोर्कबाट प्रकाशित हुने नेपाली अखबारका अनुसार मुना भोजपुरकी हुन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्। होस्टन प्रहरीले उनको टाउकोमा धेरैपटक गोली प्रहार भएको बताएको छ।

नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको छ। उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी छन्। आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्धलाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी छन्।

अमेरिकाबाट सञ्चालित नेपालीभाषी अनलाइन पोर्टलमा प्रकाशित समाचार अनुसार ती युवतीको हत्या कसले र किन गर्‍यो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनापछि प्रहरीले मुनाको शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित