भाद्र ०४,डेस्क। सिन्धुलीको मरिण गाउँपालिका-१ टुँटिखेल बस्ने २२ वर्षीया महिलाको भीरबाट खसेर मृत्यु भएको छ ।
जंगलमा गोठालो जाने क्रममा भीरबाट लडेर ३० मिटर तल झरेका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल कुमार खड्काले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।





