ग्वार्को फ्लाइओभरको भित्तामा बस ठोक्किँदा एक महिलाको मृत्यु, १९ घाइते

|

काठमाडौं। ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा आज एक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रु बस ग्वार्को फ्लाइओभरको भित्तामा नियन्त्रण गुमाएर ठोक्किएपछि सो दुर्घटना भएको हो।

दुर्घटनामा परी ४० वर्षीया एक महिलाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा घाइते भएका अन्य १९ जना यात्रुको उद्धार गरी उपचारका लागि नजिकैका विभिन्न अस्पतालहरूमा लगिएको छ। बसको तीव्र गतिका कारण नियन्त्रण गुमाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित