बौधिमाई नगरपालिकामा पहुँच परियोजना (ACCESS Project) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

|

श्रावण १९, रौतहट / मेवालाल यादव । बौधिमाई नगरपालिकामा पहुँच परियोजना (ACCESS Project) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा पहुँच परियोजनाका उद्देश्य, कार्यान्वयन प्रक्रिया, सेवा प्रवाह, समुदायको सहभागिता तथा लक्षित वर्गको पहुँच सुनिश्चित गर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

वक्ताहरूले पहुँच परियोजनाले शिक्षा, स्वास्थ्य, सामाजिक समावेशीकरण तथा स्थानीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै परियोजनालाई सफल बनाउन सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा सहभागीहरूबीच परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो।

कार्यक्रममा नगर प्रमुख,उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सहभागीहरूले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय, सहकार्य र जनसहभागितामा जोड दिएका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित