जेठ ०१ , डेस्क। आर्थिक वर्ष २०८१/८२ मा ७ प्रदेशमध्ये सबैभन्दा धेरै बेरुजु मधेसमा भएको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार यस वर्ष मधेस प्रदेशको बेरुजु प्रतिशत ३.७७ छ । यस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । जसबाट १ अर्ब ८७ करोड बराबर बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हो ।





