नयाँ दलहरूमा तेस्रो ‘राष्ट्र निर्माण दल’ : समीक्षा बैठककाे निष्कर्ष

|

बैशाख १३, जनकपुर। राष्ट्र निर्माण दल नेपालको समीक्षा बैठक सम्पन्न भएको छ। बैठकले सीमित समय (१५–२० दिन), कमजोर संगठन र न्यून स्रोत–साधनका बाबजुद प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ३६ मात्र उम्मेदवारी दिएर १२औँ स्थान हासिल गर्दै नयाँ दलहरूमध्ये तेस्रो दल बन्न सफल भएको निष्कर्ष निकालेको छ। बैठकले हारका बावजूद पपुलिष्ट आँधीबेहरीबीच हासिल यस उपलब्धिले भविष्यमा राम्राे सफलता हासिल गर्न सक्ने निष्कर्ष निकालेकाे छ ।

बैठकले महासचिव मोहम्मद जाकिर हुसैनको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ, जसमा खगेन्द्रप्रसाद ढकाल, सुमन खड्गी, पिके आचार्य र कविता आले मगर सदस्य छन्। मधेश संयोजकमा अब्दुल अजीज तथा महिला मञ्च संयोजकमा कविता आले मगर मनोनित भएका छन्।

केन्द्रीय सदस्यबाट मासिक लेबी संकलन, जेठ १६ मा चितवनमा विस्तारित बैठक बस्ने तथा विभिन्न नीतिगत विषयमा सरकारलाई दबाब दिने निर्णय गरिएको छ।

बैठक पार्टी अध्यक्ष शमीम मियाँ अन्सारीकाे अध्यक्षतामा बसेकाे थियाे ।

चर्चित समाचार


भर्खरै प्रकाशित