मडै समाज सेवा संस्था नेपाल द्वारा आर्थिक सहयोग

|

बैशाख १२, महोत्तरी / साजन कुमार। मडै समाज सेवा संस्था नेपालले नगद सहयोग गरेको छ । महोत्तरी गाउँपालिका–३ मडैमा बसोबास गर्ने किशोर दासको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

आज वैशाख १२ गते शनिबारका दिन संस्थाले दासको उपचारार्थ नगद २८,६०० रुपैयाँ सहयोग गरेको हो। संस्थाका केन्द्रीय अध्यक्ष रमन कुमार ठाकुरका अनुसार दासको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उक्त सहयोग रकम प्रदान गरिएको बताइएको छ।

उपचारका लागि प्राप्त सहयोगप्रति दासको परिवारले संस्था तथा सहयोगी हातप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, यस प्रकारको सहयोगले कठिन परिस्थितिमा रहेका बिरामीलाई ठूलो राहत मिल्ने विश्वास समेत व्यक्त गरिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित