चैत्र १७, रौतहट / मेवालाल यादव। परोहा नगरपालिकाको आयोजना तथा आसमान नेपाल र मर्सिकोर नेपालको आर्थिक र प्राविधिक सहयोगमा लाल बकैया नदी तटीय ११ स्थानीय तहहरूको समन्वय बैठक सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकमा उपस्थित सबै स्थानीय तहका प्रतिनिधिहरूले विपद् व्यवस्थापन, जलवायु परिवर्तन र अन्य साझा मुद्दाहरूमा साझा धारणा बनाउने निर्णय गरेका छन्। साथै, अब प्रत्येक महिना पालै–पलै समन्वय बैठक आयोजना गर्ने सहमति पनि भएको छ।
समन्वय बैठकमा राजपुर, बौधीमाई, परोहा नगरपालिकाका प्रमुख, मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, यमुनामाई गाउँपालिका, ईशनाथ नगरपालिका र गुजरा नगरपालिकाका विपद् फोकल पर्सनहरूले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए। ११ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित प्रतिनिधि कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो।
अगामी बैठक राजपुर नगरपालिकाले आयोजना गर्ने निर्णय गरिएको छ।






