सुनको मूल्य एकै दिन ५ हजार रुपैयाँले बढ्यो

|

चैत्र १५ , डेस्क। नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलाको ५ हजार रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार सुन तोलाको २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६७० रुपैयाँ रहेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित