चैत्र १०, डेस्क। आज पनि सुनको मूल्य घटेको छ। आज सुन तोलामा रु एक हजार ६०० ले घटेको हो। चाँदी भने तोलामा रु ८० ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ५०५ कायम भएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो।
गत आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





