चैत्र ०९, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
काँग्रेसले मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको कावा मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ ।
मंगलबारको बैठकमा सभापती गगन थापा सहभागी हुने बताइएको छ । यस अघि सभापति थापाले दिएको राजीनामा गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको थियो ।






