नेपालबाट सिंगापुर हुदै हङकङ पुगे देउवा

|

चैत ०७, डेस्क । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ पुगेका छन् ।

सिंगापुरमा नियमित उपचार सकिएपछि थप उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ पुगेका हुन् । केही समयपछि देउवा हङकङबाट नेपाल फर्कने भएका छन् ।

जेन जी आन्दोलनका क्रममा आक्रमणकारीले देउवा दम्पत्तिमाथि सांघातिक हमला गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएका देउवा केही समय नेपालमै उपचार गरेपछि थप उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए ।

पछि फर्किएका उनलाई तत्कालीन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट सभापतिबाट हटाएका थिए । देउवा निर्वाचनको ठीक एक साताअघि फागुन १४ गते सिंगापुर लागेका थिए ।

चर्चित समाचार


भर्खरै प्रकाशित