इनिशा हत्या घटनाको छिट्टै निष्कर्ष बाहिर आउँछ : प्रहरी महानिरीक्षक कार्की

|

चैत्र ०७, काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।

कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारवाहीका साथै न्याय पाउनु पर्ने आवाजको सुनुवाई हुने प्रतिवद्धता जनाए । अनुसन्धानका लागि पर्याप्त रुपमा जनशक्ति परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिरर आउने उनको भनाइ छ।

त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सबै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए । यता सुर्खेतकी इनिशाको हत्याका दोषीलाई कारवाहीको माग गर्दै देशका विभिन्न जिल्लामा विरोध प्रदर्शनहरु भइरहेका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित