चैत्र ०२, डेस्क। सोमबार शेयरबजार परिसूचक नेप्सेमा २६ अंकको गिरावट आएको छ । अघिल्लो दिन ४.४५ अंकले बढ्दै २ हजार ८२४.९० अंकमा उक्लिएको नेप्से सूचक दोस्रो दिनमै २६.०७ अंकले घट्दै २ हजार ७९८.८३ बिन्दुमा ओर्लिएको हो ।
यस दिन कारोबार समेत घटेर ११ अर्ब ९७ करोड ४६ लाखमा झरेको छ । अघिल्लो दिन ४ अंकले सूचक बढ्दा १४ अर्ब ३२ करोड ९६ लाख रूपैयाँ शेयर कारोबार भएको थियो ।
आज म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । आज ४८ कम्पनीको शेयर मूल्य बढ्दा २११ कम्पनीको मूल्य घट्न पुगेको छ ।
आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।






