चैत्र ०२, महोत्तरी। महोत्तरी गाउँपालिका ०३ मडै निवासी श्री रविन्द्र पाण्डेको छोरीको विवाह अवसरमा मडै समाज सेवा संस्था नेपालले नगद आर्थिक सहयोग प्रदान गरेको छ।
वि.सं. २०८२ फागुन २६ गते मंगलबार संस्थाले १५,००० रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो। सामाजिक सहकार्य र आपसी सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ।
संस्थाका केन्द्रीय अध्यक्ष रमन कुमार ठाकुरका अनुसार समाजमा परस्पर सहयोग र एकताको भावना कायम राख्न यस्ता सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गरिँदै आएको छ।
स्थानीय स्तरमा सामाजिक सेवामूलक गतिविधि गर्दै आएको संस्थाले आगामी दिनमा पनि आवश्यक परेका परिवारहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।






