फाल्गुन ३०, जनकपुरधाम। धनुषाको जनकपुरमा एलपी ग्यास अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्।
आयात नियमित रहेको भनिए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। एक सिलिण्डर ग्यासका लागि ७ देखि १० दिनसम्म पसल धाउनुपर्ने अवस्था रहेको स्थानीय उपभोक्ताको गुनासो छ।
ग्यास विक्रेताले कम्पनीबाट मागअनुसार आपूर्ति नहुँदा समस्या भएको बताएका छन्।
स्थानीयका अनुसार उपभोक्ताले सम्भावित अभावको आशंकामा आवश्यकभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि बजारमा अभाव देखिएको हो। भने विक्रेताले पनि ग्यासको कालोबजारी गर्न थालेका स्थानियहरु बताउछन्।





