बिरेन्द्र महतोको चुनावी भेटघाट तथा घरदैलो अभियान तीब्र, सिरहा–४ मा जनसमर्थन उत्साहजनक

|

माघ २९, सिरहा / चन्दन रजक। जनमत पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेन्द्र महतोले आफ्नो चुनावी भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। निर्वाचन नजिकिँदै जाँदा महतोले क्षेत्रका विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

घरदैलो अभियानका क्रममा महतोले स्थानीय नागरिकका समस्या, गुनासा तथा सुझावहरू सुन्दै आफू निर्वाचित भए पश्चात विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

उनले सिरहा–४ को समग्र विकासका लागि जनमत पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन्।

अभियानका क्रममा विभिन्न स्थानमा स्थानीय बासिन्दाले फूलमाला लगाएर स्वागत गरेका छन् भने युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। विशेष गरी युवापंक्तिबाट उत्साहजनक समर्थन प्राप्त भइरहेको महतो पक्षले जनाएको छ।

स्थानीय मतदाताहरूले यसपटक परिवर्तनको पक्षमा मत दिने वातावरण बनेको प्रतिक्रिया दिएका छन्। चुनावी माहोलसँगै सिरहा–४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ।

जनमत पार्टीका नेताकार्यकर्ताहरूका अनुसार आगामी दिनहरूमा पनि व्यापक रूपमा घरदैलो अभियानलाई निरन्तरता दिँदै जनसमर्थनलाई अझ मजबुत बनाइने छ।

चर्चित समाचार


भर्खरै प्रकाशित