माघ १९, सप्तरी / चन्दन रजक। सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टी प्रवेशको लहर तीव्र बन्दै गएको छ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ मा तत्कालीन माओवादीका नगर प्रवक्ता हरिदेव पण्डित, ललिता देवी पण्डितसहित विभिन्न पार्टी परित्याग गरी ३०० जना भन्दा बढी नेता–कार्यकर्ताहरूले विधिवत रूपमा जनमत पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई सप्तरी क्षेत्र नम्बर १ बाट जनमत पार्टीका प्रतिनिधि सभा सदस्य डा. जयकान्त राउत, जनमत पार्टीका नेता तथा मधेस प्रदेश सभा सदस्य सकिल अली, जनमत पार्टीका नेता तथा हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीलगायतले स्वागत गर्नुभयो।

कार्यक्रममा बोल्दै नेताहरूले जनताको भरोसा जनमत पार्टीप्रति बढ्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित बन्दै गएको दाबी गर्नुभयो।
पार्टी प्रवेशको बढ्दो क्रमसँगै सप्तरी क्षेत्र नम्बर १ मा जनमत पार्टीको संगठन थप सशक्त बन्दै गएको देखिएको छ।






