माघ ०३, सप्तरी। विगत लामो समयदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत अनुभवी पत्रकार शम्भुप्रसाद यादव (शिबु) प्रेस जनमत संघमा औपचारिक रूपमा आवद्ध हुनुभएको छ।
उहाँलाई स्वागत गर्ने क्रममा आयोजित कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत, मधेश प्रदेश सरकारका माननीय अर्थमन्त्री महेशप्रसाद यादव, प्रेस जनमत संघ सप्तरीका अध्यक्ष रुपेश यादव, संघका केन्द्रीय सदस्य चन्दन रजक तथा जनमत पार्टी सप्तरी क्षेत्र नं. २ का सूचना प्रविधि प्रमुख प्रमोद इशरसहितको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पत्रकार यादवको लामो पत्रकारिता यात्राको प्रशंसा गर्दै प्रेस जनमत संघमा उहाँको आवद्धताले संगठन थप सबल, व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। निष्पक्ष र जनउत्तरदायी पत्रकारितामार्फत समाज परिवर्तनमा योगदान आवश्यक रहेकोमा जोड दिइयो।
प्रेस जनमत संघले पत्रकार शम्भुप्रसाद यादव (शिबु) को आगामी पत्रकारिता तथा सामाजिक सेवाको यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।





