औरही नगरपालिकामा जेन-जी वडा समिति गठन

|

कार्तिक १५, महोत्तरी / साजन कुमार। महोत्तरी जिल्लाको औरही नगरपालिकामा जेन-जी वडा समिति गठन गरिएको छ। कार्यक्रममा जेन जीका जिल्ला संयोजक भास्कर झाको प्रमुख आतिथ्यमा वडास्तरीय समिति गठन गरिएको हो।

आज सम्पन्न कार्यक्रममा १, २, ४, ५, ६, ७ र ८ नं. वडा एकैसाथ गठन गरिएको छ। नवगठित वडा समितिको नेतृत्वमा वडा १ को अध्यक्षमा गोवर्धन यादव, २ मा अभय यादव, ४ को बिबेकनन्द पण्डित, ५ को राजु यादव, ६ को नगेन्द्र दास, ७ को राम आश्रय यादव, ८ को सुजिप दास र वडा ९ मा लालिन्द्र साह चयन गरिएको छ।

त्यस्तै, नगर अध्यक्षमा संजित यादव चयन भएका छन्।

कार्यक्रममा उपस्थित जिल्ला संयोजक झाले नवगठित समितिलाई शुभकामना दिँदै संगठन विस्तार र युवा सशक्तीकरणमा जुट्न आग्रह गरेकोको थियो।

 

चर्चित समाचार


भर्खरै प्रकाशित