सप्तरीमा पुजारीको गोली हानी हत्या

|

कार्तिक ०२, राजविराज / चन्दन रजक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ।

मन्दिरका करिब ७० वर्षीय पुजारी रामदुलार साह शनिबार राति आफ्नै कुटीअगाडि बाटोमा पिसाब गरिरहेको समयमा पछाडिबाट अज्ञात व्यक्तिले गोली हानेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम कुमार केसीले जानकारी दिनुभयो।

राति करिब २ बजेतिर नाभी नजिक ढाडतर्फ गोली लाग्दा साहको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटना स्थलमा दुईवटा गोलीका खोका र एक जोर चप्पल फेला परेको प्रहरीको भनाइ छ।

घटनापछि जिल्ला प्रहरी कार्यालयका डीएसपी डम्बर बहादुर पुरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण र अभियुक्तको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारिएको जनाएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित