प्रधानमन्त्री ओली आज मटिहानीमा, पुलको उद्घाटन गर्ने

|

साउन ०९, महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी प्रसुती गृहको उद्घाटन गरेको छ । मटिहानी नगरपालिका वडा नं.६ मा निर्माण गरिएको प्रसुती गृहको आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेको हो ।

संघीय सरकारको विशेष अनुदान र नगरपालिकाको संयुक्त लगानीमा प्रसुती गृह भवनको निर्माण गरिएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

उनका अनुसार संघीय सरकार र मटिहानी नगरपालिकाको १ करोड ८८ लाखको लागतमा भवन निर्माण भएको हो ।

मटिहानी नगरपालिका बर्थिङ्ग सेन्टरमा मासिक १५ देखि २० जनाको सुरक्षित प्रसुति गराई रहेको र जटिल किसिमको समस्या आएपछि प्राईभेट नर्सिङ्ग होमतर्फ रिफर गर्नु पर्दा आम जनतामा आर्थिक भार पर्न गएकोले प्रसुति गृहको आवश्यकता महसुस गर्दै अत्याधुनिक सेवासुविधा सहितको प्रसुती गृह निर्माण गरिएको नगरप्रमुख मण्डलले बताए

प्रधानमन्त्री ओलीले आजै मटिहानी नगरपालिका वडा नं.८ स्थित विग्ही नदीमा निर्माण भएको पुलको उद्घाटन गरेको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित