रिपोर्टिंग गरेकै कारण पत्रकारको बुवालाई ज्यान मार्ने धम्की

|

साउन ०७, सिरहा । सिरहामा पत्रकारको बुवालाई दुर्व्यवहार गरेको आरोपमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादव विरुद्ध प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

भगवानपुर गाउँपालिकाको पाइप चोरी प्रकरणको बारेमा रिपोर्टिंग गर्दा पत्रकार रौनक यादवको बुवालाई दुर्व्यवहार गरेको भन्दै उनि प्रहरीमा जाहेरी दिने तयारी गरेका हुन् ।

पाइप चोरी प्रकरणको बारेमा रिपोर्टिंग गर्दा अध्यक्ष यादवको प्रत्यक्ष आदेशमा मेरो बुवालाई ज्यान मार्ने धम्की दिएको पत्रकार यादवको आरोप छ।

पत्रकारले दोषीलाई कारबाहीको माग गरेका हुन् । यता, अध्यक्ष यादवलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन् सकेन।

चर्चित समाचार


भर्खरै प्रकाशित