असार ३२, सप्तरी। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, सप्तरीले उद्योग स्थापनाको लागि जग्गा तथा भवन भाडामा लिन इच्छुक उद्योगी तथा व्यवसायीहरूबाट प्रस्ताव माग गरेको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन विनियमावली अनुसार दरखास्त पेस गर्न सकिने छ । सोही कार्यालयको प्रमुख मनिष मिश्रले जानकारी दिइएको छ। इच्छुक व्यक्तिहरूले www.izml.gov.np मा गएर प्रस्ताव पेश गर्न सक्नेछन्।
यसका लागि आवश्यक विवरण तथा शर्तहरू सहितको सूचना औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सूचना पाटीमा समेत टाँस गरिएको छ।
साथै, यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र प्रस्ताव पेश गर्न सकिने जनाइएको छ।
सूचनासँगै प्रकाशित जग्गा तथा भवनको विवरण अनुसार विभिन्न प्लटहरू तथा औद्योगिक भवन उपलब्ध गराइएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार, यस प्रस्ताव आह्वानबाट औद्योगिक क्षेत्रभित्र थप उद्योग स्थापना भई औद्योगिक उत्पादन तथा रोजगारी सृजनामा टेवा पुग्ने विश्वास गरिएको छ।





