असार २०, महोत्तरी । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका वडा न ७ को वडा कार्यालयमा “ज्येष्ठ नागरिक सम्मान कार्यक्रम” सम्पन्न भएको छ ।


यस “ज्येष्ठ नागरिक सम्मान कार्यक्रम “ मनरा सिस्वा नगरपालिकाको सहियोगमा र “समज सेवा कल्याण संघ” को आयोजकमा उक्त कार्यक्रम वडा न ७ को वडा कार्यालयमा आज राखीएको थियो ।
मनरा सिस्वा नगरपालिका वडा नम्बर-७ का अध्यक्ष राम नाथ सहनीको अध्यक्षतामा उक्त कार्यक्रम राखिएको थियो।
उक्त कार्यक्रममा मनरा सिस्वा नगरपालिकाको योजना प्रमुख श्याम महासेठले भने ज्येष्ठ नागरिकहरु देशको अभिभावक रहेकोले हरेक क्षेत्रबाट सम्मान गरिनुपर्ने उनले बताएका हुन ।
नेपाल सरकारद्वारा प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्ने सो वडाका २४९ जना जेष्ठ नागरिकहरुलाई कार्यक्रममा दोसल्ला ओढाइ सम्मान गरिएको वडा अध्यक्ष रामनाथ सहनीले जानकारी दिएका छन्।
ज्येष्ठ नागरिकलाई घरमा राम्रोसँग हेरविचार गर्न र भविष्यमा आफू पनि बुढो हुने हो भन्ने सोचेर सेवा गर्न परिवारका सदस्यहरुलाई उहाँले आग्रह समेत गर्नुभएका छन ।
त्यस्तै वडा प्रमुख सहनीले भने अब आउने दिनमा जेष्ठ नागरिकहरुको लागि थप नयाँ योजना ल्याई सहयोग र सम्मान गर्न आफु प्रतिबद्ध रहेको प्रतिवद्धता समेत व्यक्त गरेका छन ।






