असार १६,राजविराज । सप्तरीमा चोरी अभियोगमा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ का प्रमोद उर्फ कारी यादव र सोही नगरपालिका–१३ का दिपेन्द्र प्रसाद देव रहेका छन्।
सप्तरी जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई प्रहरीले खोजतलासका क्रममा गाउँमै फेला पारी पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार यादवलाई १ महिना ६ दिन र देवलाई २७ दिन कैद सजाय तोकिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सोमबार सप्तरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।






