नेपालको अनुरोधपछि भारतले इरानमा फसेका नेपालीहरुको उद्धार गर्ने

|

असार ०७, डेस्क। इरानस्थित भारतीय दूतावासले भारतले आफ्नो छिमेकी देश नेपालका नागरिकलाई इरानबाट निकाल्न मद्दत गर्ने बताएको छ।
भारतीय दूतावासले आफ्नो एक्स पोस्टमा यो जानकारी दिएको छ।

नेपालसँगै भारतले श्रीलंकाका नागरिकलाई पनि उद्धार गर्ने भएको छ।

इरानस्थित भारतीय दूतावासले भनेको छ, ‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा भारतीय दूतावासले अब इरानमा फसेका नेपाली र श्रीलंकाली नागरिकहरूलाई उद्धार गर्न पनि मद्दत गर्नेछ।’

भारतीय दूतावासले नेपाली नागरिकलाई सम्पर्क गर्न आग्रह गरेको छ।

यसबाहेक दूतावासले नेपाली नागरिकलाई सहयोग गर्न टेलिग्राम च्यानल र आपतकालीन नम्बरहरू (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) पनि जारी गरेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित