महोत्तरीको मटिहानी नगरपालिकाले ल्याए ४४ करोड ५० लाखको बजेट

|

असार ०४, महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख हरिप्रसाद मण्डलले १५औँ नगरसभाको खुला सत्रमा नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेट अनुसार, राजस्व बाँडफाँड अन्तर्गत १० करोड ५ लाख, संघीय सरकारबाट २८ करोड १० लाख, प्रदेश सरकारबाट १ करोड २६ लाख र आन्तरिक श्रोतबाट ५ करोड ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरप्रमुख मण्डलले बजेटसँगै नगरको आगामी नीति तथा कार्यक्रम पनि सभामा प्रस्तुत गरेका थिए। खुला सत्रमा बजेटबारे छलफल गरिने र आवश्यक परिमार्जनसहित पारित गरिने प्रक्रिया अघि बढाइने जनाइएको छ।

नगरप्रमुख मण्डलले मटिहानीको समावेशी विकास, आधारभूत सेवा सुदृढीकरण र पूर्वाधार विस्तारमा बजेट केन्द्रीत हुने बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित