उपसभामुख दक्षिण अफ्रिका लागि प्रस्थान

|

जेष्ठ ०४, काठमाडौं। उपसभामुख इन्दिरा रानामगर चारदिने भ्रमणका लागि बुधबार बिहान दक्षिण अफ्रिका प्रस्थान गरेकी छन्।

दक्षिण अफ्रिकाको प्रिटोरिया शहरमा आयोजना गरिएको लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान गरेकी हुन्।

रानाले इन्टरनेसनल इन्स्टिच्युट फर डेमोक्रेसी एन्ड इलेक्टोरल असिस्टेन्स (आइडिइए), ओपन सोसाइटी फाउन्डेसन र दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा जुन १९ र २० मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनः परिकल्पना, विश्वव्यापी दक्षिणका तुलनात्मक अनुभवहरू’ विषयक उच्चस्तरीय संवादमा भाग लिने कार्यक्रम छ।

उनी जेठ ८ गते स्वदेश फर्कनेछिन्।

चर्चित समाचार


भर्खरै प्रकाशित