महोत्तरीमा एक दर्जन भन्दा बढी जनमतमा प्रवेश

|

जेष्ठ ०३, महोत्तरी / चन्दन रजक : महोत्तरीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता जनमतमा प्रवेश गरेका छन्। जनमत पार्टीका संगठन विभाग प्रमुख डा. जय कान्त राउतले नव प्रवेशीहरूलाई टीका लगाई पार्टीमा प्रवेश गराएका हुन्।

मङ्गलबार जिल्लाको महोत्तरी गाउँपालिका – ६ महोत्तरी टोलमा आयोजित राष्ट्रिय परिषद समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र मण्डलले बताए।

महोत्तरी गाउँपालिका – ६ को वडा कार्यालयको सभा हलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता समाजसेवी लगायतका महिला नेत्रीहरू जनमतमा प्रवेश गरेका हुन्।

चर्चित समाचार


भर्खरै प्रकाशित