पब्लिक बिन्देश्वरी मा.विको खेलकुद मैदानस्तर उन्नति निर्माण कार्यको शिलान्यास

|

जेष्ठ ३०, सप्तरी। सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ०५ मा शुक्रबार खेलकुद मैदानस्तर उन्नति निर्माण कार्यको शिलान्यास गरिएको छ।

जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज राम गमन साह, मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष इसराइल अलि ,जनमत पार्टी राष्ट्रिय परिषद् अध्यक्ष एवम् संगठन विभाग प्रमुख डा. जय कान्त राउतले एक कार्यक्रमका बीच खेलकुद मैदानस्तर उन्नति निर्माण कार्यको शिलान्यास गरेका हुन्।

जनमत पार्टीका नगर अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा उक्त शिलान्याश कार्यक्रम सम्पन्न भएको हो। उक्त अवसरमा वडा अध्यक्ष वडा सदस्य,स्थानीय भल भलादमी लगायतको सहभागिता रहेको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित