जेष्ठ २३, डेस्क। भारतबाट नेपाल भित्रिने पश्चिमी सीमा नाकामा फर्किने नेपालीको भिडभाड छ। भारतका विभिन्न ठाउँबाट दैनिक सयौँको संख्या मानिस नाका भित्रिरहेका छन्।
भारतका दिल्ली, केरला, महाराष्ट्रलगायत विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ। कोरोना संक्रमणकै कारण अहिलेसम्म ४४ जनाको मृत्युसमेत भइसकेको छ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह बन्दै जाँदा नेपालमा पनि जोखिम बढेको छ।
यसैबीच पश्चिमी सीमा नाकाबाट जाँचबिनै मानिसहरू धमाधम नेपाल भित्रिरहेका छन्।
कोरोना जाँच गर्ने किट नहुँदा भारतबाट आइरहेका मानिसमा कोरोना संक्रमण छ/छैन भनेर परीक्षण गर्न नसकिएको हो।





