शुक्रवार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृधि

|

जेष्ठ २३, काठमाडौं। नेपाली बजारमा शुक्रवार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै महासंघका अनुसार शुक्रवार छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ६६ हजार ६५ रुपैयाँ कायम भएको छ ।

यसैबिच शुक्रवार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार २०७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित