जेष्ठ १३, एजेन्सी। भारतमा जारी इण्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर किंग्सविरुद्ध टस जितेको छ ।
लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा बेंगलुरुका कप्तान जितेश शर्माले टस जितेर बलिङ रोजेका हुन् ।
लखनउ १३ खेलमा १२ अंकका साथ प्लेअफबाट बाहिरिसकेको छ । बेंगलुरुविरुद्ध खेल जित्दै लखनउ छैठौं स्थानमा रहेर यस संस्करणको समाप्ती गर्न चाहन्छ ।
उता, प्लेअफमा स्थान पक्का गरि सकेको बेंगलुरु लखनउलाई हराउदै पहिलो क्वालिफायरमा स्थान बनाउन चाहन्छ । यदी यस खेलमा बेंगलुरु पराजित भएमा गुजरात टाइटन्सले पहिलो क्वालिफायर स्थान बनाउँने छ । भने, बेंगलुरुले मुम्बई इण्डियन्ससँग इलिमिनेटर खेलमा स्थान पक्का गर्ने छ ।
सोमबार भएको खेलमा मुम्बईलाई पराजित गरेको पञ्जाबले पहिलो क्वालिफायरमा स्थान पक्का गरेको थियो ।






