जेष्ठ १३,काठमान्डौ। संसद् बैठक अझै बस्न सकेको छैन।
बिहान ११ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) ले अवरुद्ध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
तर, निर्धारित १५ मिनेटभित्र बैठक बस्न सकेन। त्यसपछि संसद् सचिवालयले सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि सारेको थियो। तर, ३ बजिसक्दा पनि बैठक बस्न सकेको छैन।
गृहमन्त्री रमेश लेखक आरोपित भएका भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलहरूले संसद् अवरुद्ध गरेका हुन्। मुख्यत: माओवादी र रास्वपाले गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् अघि बढ्न नदिने अडान लिएका छन्।






