पालिका स्तरिय बाल भेला कार्यक्रम सम्पन्न

|

बैशाख ३०,महोत्तरी / साजन कुमार। महोत्तरीको पिपरा गाउँपालिकामा नगर स्तरीय बाल भेला कार्यक्रम सम्पन्न भएको छ।

रतौली युवा क्लव (RYC) र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित समुन्नति परियोजना अन्तरगत नगर स्तरीय बाल क्लवको समन्वय र पालिकाको आयोजनामा कार्यक्रम भएको थियो ।

उनाइस दिन सम्म सञ्चालन भएको बाल भेला कार्यक्रममा पालिका भरीका ५० जना बालबालिकाहरूको सहभागिता रहेको थियो । बालबालिकाको सवालहरूमा छलफल गर्ने, बाल अधिकार बालबालिकासँग सम्बन्धित नीतिगत व्यवस्थाहरूको विश्लेषण गर्ने, स्थानीय स्तरमा विद्यमान बालबालिकाका सवालहरूको पहिचान गरी स्थानीय निकायको वार्षिक योजनामा समावेश गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको थियो ।

बाल भेलाले बालबालिकाहरू एक ठाउँमा जम्मा भई उनिहरुको सवाल,समस्या तथा अर्थपूर्ण सहभागितामा जोड दिने,योजना प्राथमिककरण गरी बालबालिकाहरूको सर्वोत्तम हित हुने गरी कार्य गर्ने अवसर सृजन गर्न कार्यक्रम गरीएको बताईएको छ ।

उक्त बाल भेलामा बालबालिकाहरूलाई छोरीलाई पनि बिधालय पठाऊ, बुक फ्रि फ्राइडे, लागु पदार्थ दुव्र्यशन, बाल विवाह,बालश्रम शोषण,भेदभाव, दाइजो प्रथा र बाल यौन दुर्व्यवहारको बारेमा जानकारी दिइएको थियो । उनाइस दिन सम्म सञ्चालन भएको बाल भेला कार्यक्रममा बालबालिकाहरूले विभिन्न सवालहरूको बारेमा कार्य योजना समेत बनाएका छन् ।

कार्यक्रमको सहजीकरण RYC जलेश्वरका राजेश पाण्डे र पुज नारायण साह र पालिकाबाट रचना झा र अखिलेश झाले गरेका थिए । नगर स्तरीय बाल भेला कार्यक्रम वैशाख १० गते देखी २९ गते सम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा पिपरा गाउँपालिका अध्यक्ष रामजानकी यादवले भने, बालमैत्री सामुदायिक विद्यालय निर्माणमा पालिकाले महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्नुभयो। यस कार्यक्रममा आएको हरेक कुरा योजनामा रहेको र आगामी बर्ष देखि लागु गर्ने पनि बताउनु भयो।

नगर स्तरिय वाल सञ्जालका अध्यक्ष जागृति राज चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष रामजानकी यादव रहेका थिए । कार्यक्रममा रतौली युवा क्लवका प्रबन्ध निर्देशक बैधनाथ चौधरी, प्रमुख प्रशासकीय अधिकृत, पालिका उपाध्यक्ष , सातवटै वडाका वडा अध्यक्ष, RYC का कर्मचारी लगायत बालबालिकाहरूको सहभागिता रहेको थियो।

चर्चित समाचार


भर्खरै प्रकाशित