भारत र पाकिस्तानमा झन्डै ५५० उडान रद्द

|

वैशाख २४,एजेन्सी। हवाई आक्रमण पछि भारत र पाकिस्तानमा लगभग ५५० उडानहरू रद्द गरिएका छन् ।

रियल–टाइम फ्लाइट ट्र्याकिङ सेवा फ्लाइटराइडरको तथ्याङ्क अनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका छन् ।

साइटका अनुसार पाकिस्तानमा १३५ उडानहरू रद्द गरिएका छन भने भारतमा ४१७ निर्धारित उडानहरू रद्द गरिएका छन् ।

बुधबार सबै आन्तरिक र अन्तरराष्ट्रिय उडानहरू रद्द भएपछि कराँचीको जिन्नाह अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुहरू अलपत्र परेर बसिरहेको देखिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित